विनयी त्रिबेणीको दुम्किबासका ६ जनामा कोभिड १९

407












खगेन्द्र पराजुली, ७ भदौ, नवलपुर ।  नवलपुरको बिनयी त्रिबेणीका थप ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज आईतवार प्राप्त नतिजा अनुसार एक जना बालक, ३ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि हुनेमा ९ बर्षका बालक, २८, ३६ र ४९ बर्षका महिला र ४३ र ६५ बर्षका पुरुष रहेका छन् ।
पोखरा प्रयोगशालामा  भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । गएराती बिनयी त्रिबेणीकै एक बृद्धामा भरतपुर प्रयोगशालामा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।  योसँगै नवलपुरमा संक्रमित पुष्टि हुनेको संख्या ३ सय ९३ पुगेको छ । बिनयी त्रिबेणीमा मात्रै समुदायस्तरमा संक्रमितको संख्या ३० पुगेको छ ।

७५ बर्षकी बृद्धामा कोरोना पुष्टि

नवलपुरको बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हिजो शनिवार राती प्राप्त नतिजा अनुसार बिनयी त्रिबेणी ६ की ७५ बर्षकी एक जना बृद्धा महिलामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशवप्रसाद चापागाईका अनुसार रुघाखोकी र ज्वरो आएर भरतपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी ती बृद्धाको स्वावमा कोभिड संक्रमण पुष्टि भएको हो ।

हिजो शनिवार ती महिला सहित ४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाईएको छ । यसअघि शनिवार गैंडाकोटका एक जना ट्रक चालक र दुई जना अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।



You might also like
Loading...