रक्सी खाएर छिमेकीको हत्या, दुई जना पक्राउ





परासी । पश्चिम नवलपरासीमा मदिरा सेवन गरेर कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति मदिरा सेवन गरेर झैझगडा हु्रँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पतलहवा टोल बस्ने ४१ बर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको पश्चिम नवलपरासीका प्रहरी नायव उपरीषक राजु लामाले बताए ।
झगडाका क्रममा शनिबार राति यादवमाथि दाउराका चिरपटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनको शव घरको आगन छेउमा थियो । घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको लामाले बताए । झगडाको कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमाटर्मका लागि पृथ्वीचन्द्र अस्पताल राखिएको छ ।
स्थानीय डल्लु दुषाध र प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकी टोल निवासी रोशन मल्लाहलाई प्रहरी नियन्त्रणमा लिएको छ ।





सम्बन्धित
Loading...