नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुने

350












काठमाडौं । कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भ्याक्सिनको परीक्षण नेपालमा पनि गर्न चीन, रुस र बेलायतको भ्याक्सिन कम्पनिहरु इच्छुक रहेकाले त्यसको प्रक्रिया अगाडि बढाइएको खुलासा गरे ।


डाक्टर ज्ञवालीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा भने, ‘क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको छ ।’ उनले भ्याक्सिनको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई परिषद्ले तत्परता देखाएको समेत बताए ।

डाक्टर ज्ञवालीले रेम्सेडिभिर कम्पनिको औषधी नेपालमा प्रयोग शुरु गरिएको समेत जानकारी दिए । औषधी व्यवस्था विभागबाट स्वीकृत प्राप्त गरी कोभिड रोकथाम तथा उपचारका लागि प्रयोग भएका अस्पतालहरुमा रिसर्च प्रोटोकल र गाइटलाइनबाट प्रयोग गरिने जानकारी दिए । उनले रेम्सेडिभिर आफूखुशी प्रयोग र विक्रीवितरण भने गर्न नपाइने बताए ।



You might also like
Loading...