फिनल्यान्डकी प्रधानमन्त्री सोसल डेमोक्र्याटको अध्यक्ष चयन


फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएका छन्।
फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन्। फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो ।
हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहेका छन्। उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका थिए।



सम्बन्धित
Loading...