भारतीय कांग्रेसमा सोनिया गान्धी नै अन्तरिम अध्यक्ष रहने

181












भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ ।

पार्टीमा पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो ।


तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर, अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरूले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न अक्षम देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भए पनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रूपमा पार्टीको नेतृत्व गर्ने भएकी हुन् ।



You might also like
Loading...