जापानको इतिहासमै सबैभन्दा लामो अवधिका प्रधानमन्त्री आबे

234












जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति बनेका छन् ।
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७ सय ७९औँ दिन प्रधानमन्त्री पदमा रहन सफल भए।
यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७ सय ९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका थिए । अर्को महिना ६६ वर्षमा प्रवेश गर्ने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि ताेडिसकेका छन् ।



You might also like
Loading...