८५५ सङ्क्रमित थपिए, ३ सय १३ घर फर्किए, ७ जनाको मृत्यु


नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन जना एवम् सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक जना रहेका छन्। अहिले थपिएकामध्ये २३२ जना काठमाण्डू उपत्यकाका छन्।



योसँगै मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको छ।  सो अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर सय ३ जना १३ निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय १३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।



सम्बन्धित
Loading...