चिनियाँ राष्ट्रपति पनि अर्थतन्त्रबारे चिन्तित


चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन अर्थात् विश्वको दोस्रो ठुलो अर्थतन्त्रलाई ‘गाह्रो पर्ने’ चेतावनी दिएका छन्। उनले बाह्य बजारमा जोखिम बढ्दै गएकोले घरेलु मागमा विश्वास गर्न उनले नीति निर्माणकर्ताहरूलाई भनेका छन्।




उनले विकास दरलाई निरन्तरता दिन घरेलु मागमा वृद्धिको आवश्यकता बताए । सी जिनपिङ सोमबार एक सेमिनारको अध्यक्षता गर्ने क्रममा यस्तो बताएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीँवाले जनाएको छ। सो सेमिनारमा नीति सल्लाहकार र सरकारी अर्थशास्त्रीहरू उपस्थित थिए। चीनमा १४ औँ पञ्चवर्षीय योजनालाई ध्यानमा राख्दै दीर्घकालीन आर्थिक प्रवृत्तिमा छलफल भएको थियो।

जिनपिङले भनेका छन् घरेलु बजारले देशको अर्थतन्त्रमा हस्तक्षेप गर्ने छ।  उनले आफू चीनको अर्थतन्त्र खोल्न कटिबद्ध रहेको समेत बताएका छन्। अमेरिका र चीनबिच बढ्दो तनावको चर्चा नगरी उनले चीनले अमेरिकासँगको मतभेद सुल्झाउन आफू इच्छुक रहेको सङ्केत गरे।





सम्बन्धित
Loading...