दिल्ली क्यापिटल्समा नयाँ प्रशिक्षक


अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिस आइपिएल टिम दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षक नियुक्त भएका छन्। अस्ट्रेलियाको राष्ट्रिय टिम, बिग ब्यास टिम ब्रिसबेन हिट र अर्को आइपिएल टिम किंग्स ११ पञ्जावको बलिङ प्रशिक्षक भइसकेका ह्यारिससँग दिल्लीले २०२० को सिजनका लागि सम्झौता गरेको हो।




ह्यारिसले अब अस्ट्रेलियन प्रशिक्षक जेम्स होप्सलाई प्रतिस्थापन गर्नेछन्। होप्सले व्यक्तिगत कारण देखाउँदै सिजनमा बलिङ प्रशिक्षक हुन नसक्ने जनाएका थिए।  ४० वर्षीय ह्यारिसले दिल्लीको टिमलाई युएईमा चाडै भेट्ने बताइएको छ।

मुख्य प्रशिक्षक रिकी पोन्टिङ, सहायक प्रशिक्षण मोहमद कइफ, स्पिन बलिङ प्रशिक्षक स्यामुयल बद्री र अन्य अफिसियलसँग ह्यारिसले कुराकानी गरिरहेको बताइएको छ।







सम्बन्धित
Loading...