उपचार गर्न जाँदा थपियो रोगः मुटुको अप्रेसन भएको महिलामा कोरोना

459












कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना मुटु रोगी महिलामा संक्रमण पुष्टि भएको छ ।
आफ्नै खर्चले पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएकी कावासोतीकी एक महिला मुटु रोगी भएको खुलेको छ ।
पारिवारिक स्रोतका अनुसार कावासोती ३ की ६५ बर्षीया महिलामा भाइरस पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार उनका अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
मुटुको अप्रेसन गर्न जाँदा उनमा पोजेटिभ देखिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । एक साता अघि अप्रेसनका लागि गएकी ति महिलाको पहिला कोरोना भाइरस परीक्षण गरी नेगेटिभ देखिएपछि मुटुको अप्रेसन भएको र अप्रेसन पछि पुन परीक्षण गर्दा नेगेटिभ आएको नागिलाले बताए ।
उनी अहिले चिवतन मेडिकल कलेजको आइसियुमा राखेर उपचार भईरहेको छ । उनको मुटुको सफल अप्रेसन भएको बताइएको छ ।
चितवन मेडिकल कलेजमा अहिले त्यहाँका स्वास्थ्यकर्मीदेखि उपचारका लागि गएका विरामीहरुमा समेत संक्रमण देखिएको छ ।

चितवन मेडिकल कलेजमा कार्यरत नवलपुरका १० बढी कर्मचारी तथा स्वास्थ्यकर्मी गरी कोरोना पुष्टि भएको छ भने त्यहाँ उपचाररत नवलपुरका केही विरामीमा समेत संक्रमण देखिएको छ।




You might also like
Loading...