युवा ब्यबसायी तथा सञ्चारकर्मी दिवशले गरे पिडितलाइ सहयोग

568












केशव तिवारी घायल, भाद्र ९, चितवन। पुर्वी चितवनको कालिका नगरपालिका -३ सिमलबस्तीमा भाडामा बसोबास गर्दै आइरहेका मेघ बहादुर बि.क र सोनिया बि.क कि ७ बर्षिय छोरी शिल्पा बि.क को  गत श्रावण ३० गते घर नजिकैको रुख बाट खसेर  हात भांच्चिएपछी उपचारका लागी तत्कालै पुरानो मेडिकल कलेज भरतपुर लगीएको थियो ।

उनको परीवारको आर्थिक अबस्था निकै कमजोर भएका कारण हस्पिटलमा उपचार बापत लाग्ने शुल्क बुझाउन नसक्ने भए पछी बालिकालाइ हस्पिटलले डिस्चार्ज दिन आनाकानी गर्दै आइरहेको थियो । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका – ७ को ढोलासुकमा स्थायी घर भएका बि.क परीवार चितवनको कालिका नगरपालिका स्थित सिमलबस्ती गाउँमा सबै सङ्ग परीचित भैसकेका पनि थिएनन् । त्यसैले उनिहरु आफ्नी छोरीको उपचारका लागि सहयोग माग्न छिमेकमै हार गुहार गरीरहेका थिए ।


पिडित परीवारको नजिकै रहेका स्थानिय युवा नबराज तामाङ घलानले उक्त कुरा कालिका ७ स्थित लाहुरे चोकमा स्टेशनरी ब्यबसाय संचालन गर्दै आईरहेका  युवा ब्यबसायी तथा सञ्चारकर्मी दिवश मगरलाइ अघिल्लो रातमा बताएपछी उनले आफुले सक्दो सहयोग गर्ने वचन दिएका थिए । सोही अनुरुपम नै आज पिडित परीवारको भाडाको घर सिमलबस्तिमा पुगेर सहयोग स्वरुप नगद दस हजार सहयोग गरेका दिवशले आंफुले पिडित परीवारलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताएका छन ।

स्थानिय स्तरमा निकै प्रभावशाली रहेका दिवशकै अगुवाइमा कालिका ७ स्थित गैंडेखोलामा बिगत एक बर्ष अघि देखि जनस्तर बाट नै रकम संकलन गरि गैंडेखोला मिनि रंगशालाको पनि निर्माण भैरहेको छ ।



You might also like
Loading...