गैडाकोटमा ३ बर्षीय बालक सहित आज ११ जना संक्रमित थपिए

296












नवलपुर । नवलपुरको गैडाकोट नगरपालिकामा विहीबार ३ बर्षीय बालक सहित ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पोखरामा गरिएको परीक्षणमा गैडाकोट नगरपालिकामा वडा नं. २ को ५ जना र वडा नं. ७ को ५ जना गरी १० जना थपिएका हुन् ।
गैडाकोट ७ का ३ बर्षीय बालकमा कोरोना भाइरस पुष्टि भएको हो । त्यसैगरी गैडाकोट ७ कै २५, २९, ५०, ५० बर्षका महिलामा संक्रमण पुष्टि भएको हो भने गैडाकोट २ का २९ र ५१ बर्षीया, ४५, ५६, ६२ बर्षका पुरुषमा संक्रमण देखिएको हो । यि सबै समुदायका हुन् ।
गैडाकोट २ मा वडाले मानिस आवजाउ समेत बन्द गरेर शिल गरेको छ ।
यसैबीच विहान चितवन मेडिकल कलेजमा समुदाय स्तरबाट गर्एिको परीक्षणको क्रममा गैडाकोट ५ का एक जनामा संक्रमण पुष्टि भएको थियो ।




You might also like
Loading...