चितवनमा आज दुई जना कोरोना संक्रमितकाे मृत्यु

529












चितवनमा आज एकै दिन दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बिहान ७ बजे चितवन मेडिकल कलेजरमा हेटौडाकी ७७ बर्षीया महिला र बिहान १० बजे पुष्पाञ्जली अस्पतालमा भरतपुर २ क्षेत्रपुर निबासी ५१ बर्षीय पुरुषको ज्यान गएको हो ।

चितवन मेडिकल कलेजमा निमोनिया र दम रोगगबाट ग्रसित महिलाको ज्यान गएको मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले जानकरी दिए । उत्त बिरामी महिलालाई भदौ ७ गते उपचारको लागि चितवन ल्याइएको थियो । सोहि बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाइ खस्पतालको सघन कक्षको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो ।


यता आज बिहान १० बजेको समयमा पुष्पाञ्जली अस्पतालमा उपचाररच भरतपुर महानगरपालिका २ निबासी ५१ बर्षिय पुरुषको समेत ज्यान गएको हो । उनको स्वासप्रस्वासमा समस्या आएकोले भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । सोहि क्रममा भदौ ८ गते उनिमा कोरोना पुष्टि भएको अस्प्तालको फोकल पर्सन सुदिप पाण्डेले जानकरी दिए ।

उक्त पुरुषको फोक्सोमा गम्भिर निमोनिया देखिएको कारणले गर्दा भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला ज्यान गएको हो । हाल सम्म चितवनमा कोरोना संक्रमित ८ जनाको ज्यान गएको छ । जसमा चितवनका ४ जना मकवारपुरका ३ र कैलालीका १ जना रहेका छन् ।



You might also like
Loading...