शुक्रबार देशभर ९२७ जना काेराेना संक्रमित थपिए, एकैदिन १२ काे मृत्यु

303












शुक्रबार देशभर ९२७ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ९२७ जनामा कोरोना पाेजेटिभ देखिएकाे जानकारी दिनुभयो ।

यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।  संक्रमितमध्ये २० हजार २४२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन्।


यस्तै, नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष संक्रमित छन् । सँगै कोरोना संक्रमितको मृत्युको संख्या १९५ पुगेको छ । प्रवक्ता गौतमका अनुसार मोरङकी ५६ र ६५ वर्ष, भक्तपुरकी ६४ र मकवानपुरकी ७१ वर्षकी महिलाको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षका पुरुषको मृत्यु भएको हो । हाल नेपालमा संक्रमितको मृत्युदर ०.५३ प्रतिशत रहेको छ ।



You might also like
Loading...