मध्यविन्दु जिल्ला अस्पतालमा संक्रमितको संख्या ४ पुग्यो


कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा संक्रमितको संख्या ४ पुगेको छ ।




विहीबार कावासोती नगरपालिकामा कावासोती १६ डण्डाका २४ र ७० बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यि दुवै जना मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरु हुन् ।  मध्यविन्दु जिल्ला अस्पतालका कार्यालय सहयोगी, खाजा घरका कर्मचारी गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अघि मध्यविन्दु जिल्ला अस्पतालकै दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।  खाजा घरका कर्मचारी र कार्यालय सहयोगीले स्वास्थ्य सुरक्षा कम अपनाएका कारण यस्तो भएको आशंका गरिएको छ ।


मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पटक पटक आएका डण्डाका एक जना विरामीमा उच्च ज्वरो आएपछि उनको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएपछि अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्य कर्मीहरुको स्वाब परीक्षण गरिएको थियो । ति मध्ये अहिलेसम्म ४ जनामा ंसंक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पतालमा अहिले कम मात्रामा स्वास्थ्यकर्मी राखेर अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएको छ ।




सम्बन्धित
Loading...