चितवनमा चित्तलको मासुसहित चार जना पक्राउ

169












चितवन – चितवन राष्ट्रिय निकुञ्जले चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई शनिवार राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो ।


निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो । घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ ।



You might also like
Loading...