इस्लामिक स्टेटसँगको युद्धमा एक सातामा ४८ सैनिकको मृत्यु


सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन्।



https://www.youtube.com/watch?v=TogCblRVI7o

आइएसमाथि रूसको सहयोगप्राप्त सिरियाली सेनाले हवाई आक्रमणहरू समेत गरेको थियो। आइएस लडाकूतर्फ २२ र सरकारी ४८ सैनिकको मृत्यु भएको ‘सिरियन अब्जरर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ।




आक्रमणपछि सरकार समर्थक ५२ लडाकू पनि सम्पर्कमा नआएको बताइएको छ। बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार उक्त आक्रमणमा रुसको सहयोगमा विद्रोहीविरूद्ध हवाई आक्रमणसमेत भएको थियो।



सम्बन्धित
Loading...