फेरि बढ्यो पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।
यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ। डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।
https://www.youtube.com/watch?v=VNMVLSEiY_A