चितवनका थप ३८ जनामा कोरोना पुष्टि

244












चितवनमा बुधबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका एक जनासमेत गरी ३९ जनामा कोरोना संक्रमण देखिएको छ।


संक्रमितहरु १८ देखि ८० वर्षसम्मका छन्। भरतपुर महानगरपालिकामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित हुनेहरुमा ८ जना पुरुष र ११ जना महिला छन् । उनीहरुको जिल्लाका विभिन्न अस्पताल र क्वारेन्टाइनबाट स्वाब लिइएको थियो। रत्ननगर नगरपालिकामा ८ जनामा संक्रमण देखिएको छ। उनीहरुको रत्ननगर अस्पतालबाट स्वाबको नमूना लिइएको हो।
खैरहनीमा ४ जना, कालिकामा ५ जना, माडीमा २ जनामा पनि कोरोना पुष्टि भएको छ। खैरहनी र कालिकाका संक्रमित क्वारेन्टाइनका हुन् भने माडीमा संक्रमण देखिएकाको स्वाब भरतपुर अस्पतालबाट लिइएको थियो। बुधबार २१८ नमुना परीक्षण गरिएकोमा १७९ जनाको रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
चितवनमा कोरोना संक्रमितहुनेहरुको संख्या ८४७ जना पुगेको छ।


You might also like
Loading...