पश्चिम बागलुङ ढोरपाटन नगरपालिकामा बाढिले २ दर्जन घर बगायो, १७ जना सम्पर्क विहिन





गएराति आएको बाढीले भूजिखोलको शीर देउरालीमा ठूलो पहिरो गएको छ । पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ९ र ८ मा आएको बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन भएका छन् ।




यस्तै बाढीले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ,भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको स्थानीयले जानाकारी दिए ।




सम्बन्धित
Loading...