कोरोना विरुद्धको लडाईः नवलपुरमा ३३ जना निको भए, ५ जना संक्रमित थपिए

572












  • रामकुमार श्रेष्ठ –  


नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार ३३ जना कोभिड १९ का संक्रमित निको भएका छन् ।
नवलपुरका ३ जना पत्रकार सहित बुधबार ३३ जनाले कोरोना विरुद्धको लडाई जितेका हुन् । रजहरको प्राकृतिक अस्पतालमा उपचाररतमध्ये ३३ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए । ३३ जनालाई विहीबार विदाई गरिने छ ।
बुधबार निको भएको ३३ जना सहित नवलपुरमा ४ सय जनाले कोरोना जितेका छन् ।

२ बालक सहित ५ जना नयाँ संक्रमित थपिए

पूर्वी नवलपरासीमा बुधबार २ जना बालक सहित ५ जना नयाँ सक्रमित थपिएका छन् ।
बुधबार थपिएका २ बर्षीय र ४ बर्षीय बालक समेत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा बुधबार कावासोती नगरपालिकाका ४ जना र देवचुली नगरपालिकाका १ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कावासोती ८ का ३५ बर्षीया महिला, कावासोती १६ का २ बर्षीय बालक, ३४ बर्षीया महिला, कावासोती १७ का ३६ बर्षीया महिला र देवचुली १६ का ४ बर्षीय बालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यो सहित नवलपुरमा संक्रमितको संख्या ५ सय ७३ जना पुगेको छ । नवलपुरमा ३ जनाले संक्रमणको कारण ज्यान गुमाएको छ । नवलपुरमा अहिले १७० जना संक्रिय संक्रमित रहेका छन् ।



You might also like
Loading...