युरिया मल नल्याउने दुई ठेकदार कम्पनी कालोसूची


काठमाडौं ।  कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।



https://www.youtube.com/watch?v=YAmDT-lKwqo

कम्पनीले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीले सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको हो ।




यस वर्ष साउनमा ल्याउनुपर्ने  मल उनीहरुले  ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो ।

 



सम्बन्धित
Loading...