बिश्वबाटै बिस्थापित रेल डेन्टिङ पेन्टिङ गरी नेपाल भित्र्याइयो

ओलिको रहरले भित्र्याइएको रेल कहिले बाट नियमीत संचालनमा आउने केही टुङ्गो छैन ।


दाउन्ने संवाददाता
बिस्थापित १५० बर्ष पुरानाे माेडेल अन्तर्गतकाे न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने रेल अव जनकपुर जयनगरमा सञ्चालनमा आउने भएकाे छ ।
नेपाल सरकार विशेष गरि प्रधानमन्त्री केपी शर्मा ओलीकाे महत्वकांक्षी याेजना अन्तर्गतकाे याे रेल कम गति क्षमता भएकाे , सञ्चालनमा अत्यन्तै खर्चिलो र मर्मत संभारमा समेत झन्झटिलाे मानिन्छ । भारतमा बनेकाे याे रेल स्वयं भारतले समेत पछिल्लाे समय विस्थापन गर्दै लगेकाे छ ।
मध्यम दूरीका लागि मात्र चल्ने याे रेल प्रतिघण्टा १०० किलोमिटर दूरी तय गर्न सक्छ । यस्ताे रेल पहाडी क्षेत्रमा मात्र चल्ने पुरानाे माेडेलकाे रेल हाे । नेपालले झन्डै ८५ करोड रुपैयाँमा दुई सेट खरिद गरेका रेल मध्ये एउटा शुक्रबार दिउँसाे नेपाल जनकपुर आइपुगेको  छ ।
डिजेल इन्जिन बाट मात्र सञ्चालन हुने भएकाले याे रेललाइ उपयाेगी मानिदैन र अत्यन्तै खर्चिलाे मानिन्छ । भारत लगायतका मुलुकले झन्डै २५ बर्ष पहिलेदेखि नै यस्ता इन्धन क्षमताका रेललाइ विस्थापित गरेर विजुलीबाट चल्ने नयाँ माेडेलका रेल सञ्चालनमा ल्याएका छन ।



विजुलीबाट चल्ने पछिल्लाे माेडेलका रेलकाे गति ३०० किलाे मिटर प्रतिघण्टा भन्दा माथी छ । भारत , पाकिस्तान, चीन लगायत नेपालका छिमेकी मुलुकले समेत न्यारो ब्रोडगेज लिंकमा मात्र चल्ने रेललाइ विस्थापित गरेर विधुतीय रेल सञ्चालनमा ल्याएका छन् ।नेपाल ल्याउन लागेकाे रेलकाे एउटा सेटमा पाँचवटा डिब्बा हुनेछन् । रेलको एउटा सेटमा एक पटकमा १२ सयदेखि १३ सय जनाले यात्रा गर्न सक्नेछन् । नेपालमा याे रेल सञ्चालन गर्ने जनशक्ति नभएकाले कम्तीमा एक वर्षसम्म भारतबाट चालक ल्याएर चलाउनु पर्ने छ ।मर्मतका लागि पनि प्राविधिकहरू चाहिने भएकोले त्यो पनि निश्चित समयका लागि भारतबाट ल्याउनु पर्ने छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्न लागिएको याे रेल तत्काल जयनगरदेखि जनकपुरसम्म मात्र संचालनमा आउने छ ।नेपाल सरकारले ल्याउन लागेकाे याे रेल पुरानाे माेडेलका कारण यस प्रणलीकाे रेल सञ्चालनले राज्यमाथि आर्थिक भार थपिने बाहेक उपब्धी हुने छैन । विश्वबाट विस्थापीत भइसकेको न्यारो ब्रोडगेज लिकमा रेल जनकपुरमा आइपुगेकाे भन्दै नेकपा कार्यकता र स्वयं सरकारले प्रचार प्रसार तिव्र पारेका छन ।






सम्बन्धित
Loading...