गजल – नठान भो धेरै मुस्किल
- सदानन्द अभागी –
नठान भो धेरै मुस्किल सङ्घर्षसमा जुट्नुपर्छ
भात खाने थाल छैन टपरीलाई खुट्नुपर्छ
चोर बढ्छन् डाँका बढ्छन् बेरोजगारी बढेपछि
विवश छन् मानिसहरू ज्यान पाल्न लुट्नुपर्छ
देशले दिने केही छैन, नेता दिने भाषणमात्र
सबै मिलौं कर्म ग¥यौं भोक मरीलाई कुट्नुपर्छ
बोले जति गर्नै पर्छ, गरे जति सुकाम ग¥यौं
अधर्मी र अकर्मीलाई सबै मिली चुट्नुपर्छ
अब सुरा अनि सुन्दरीका धेरै कुरा नगर भो
पेट्ले माग्यो, भोक लाग्यो पाए मकै भुट्नुपर्छ