देशभर थप १ हजार ३१३ जनामा कोरोना पुष्टि, १४ सय ५५ काेराेनामुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ६५४ जना सहित देशभर थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा १२ हजार २६२ सय जनाको पिसिआर परीक्षण गर्दा १३१३ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ । कुल संक्रमितमध्ये ५१ हजार ८६६ जना उपचारपछि निको भएका छन् । पछिल्लाे २४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज भए । हाल सक्रिय संक्रमितको संख्या १८ हजार २९९ रहेको छ । पछिल्लाे २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।







सम्बन्धित
Loading...