बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको छ -गृहमन्त्री


सरकारले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न गरिरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । थापाले भने, ‘बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’



राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको बताएका छन् ।

बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए ।



सम्बन्धित
Loading...