मेलिना र वीरेन्द्रको ‘जाले रुमाल’ मा रियाशा र आश्मा


मेलिना राई र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘जाले रुमाल’ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा पल शाह, रियाशा दाहाल, आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा नृत्य देख्न पाइन्छ।



भिम विष्टको शब्द तथा संगीतको यो गीतको भिडियोमा गर विष्टको निर्देशन तथा कोरियोग्राफी छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन्।

याक एण्ड यति होटलमा छायांकन भएको गीतको भिडियोमा पल र सरोज दरबारका युवराजको भूमिकामा देखिएका छन्। चर्चित कलाकारहरुको एकैठाउँ जमघट भएको लोकशैलीमा बनेको यो गीतको भिडियो आकर्षक बनेको छ।




गीत इनाक्सी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो। गीत युट्युब ट्रेन्डिङमा रफ्तारका साथ उक्लिरहेको छ।

 

 



सम्बन्धित
Loading...