कावासोतीमा ९ जना संक्रमित थपिए, संक्रमितको संख्या १५५ पुग्यो


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार समुदायका ९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित दुई जना लक्षण देखिएका हुन् भने अन्य कन्ट्याक ट्रेसिङ्गको आधारमा संक्रमित पहिचान भएका छन् ।
कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाका अनुसार विहीबार कावासोती ३ का ३०, ३६ बर्षका महिला र ३२ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।



https://www.youtube.com/watch?v=WcY0-sXMr4I&t=1s

त्यसैगरी कावासोती २ का ४२ बर्षीय पुरुष, कावासोती ८ का २७ बर्षीय पुरुष, कावासोती १४ का ४७ बर्षीय महिला, कावासोती ९ का १३ बर्षीया बालिका, १२ बर्षीय बालक, ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
कावासोती नगरपालिकामा विहीबार थपिएका ९ जना सहित संक्रमितको संख्या १ सय ५५ पुगेको छ भने ९५ जना निको भएका छन् ।






सम्बन्धित
Loading...