अमेरिकी राष्ट्रपति ट्रम्प दम्पती कोरोना संक्रमित


अमेरिकी राष्ट्रपति ट्रम्प दम्पती कोरोना संक्रमितअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमित भएका छन् ।



राष्ट्रपति ट्रम्पले ट्विट गर्दै कोरोना परीक्षणमा आफू र पत्नी मेलानिया ट्रम्पमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

७४ वर्षीय अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाबाट उच्च जोखिम हुने उमेर समूहमा पर्छन् ।




उनीसँगै राष्ट्रपतीय निर्वाचनका लागि भएको टेलिभिजन बहसका लागि गएकी सल्लाहकार होप हिक्समा पनि कोरोना पोजिटिभ देखिएको छ । उनले यसै साता ओहियो जान एयर फोर्समा यात्रा गरेकी थिइन् ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको ह्वाइट हाउसले जनाएको छ ।



सम्बन्धित
Loading...