नवलपूरमा थप १० जनामा कोरोना सङक्रमण
नवलपूरमा शुक्रवार थप १० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको २७४ नमुना परिक्षणमा ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा नवलपुर जिल्लाका थप १० जनामा कारोना सङक्रमण देखिएको हो ।
कोरोना सङक्रमण देखिने सङक्रमितहरु गैडाकोट नगरपालिका वडा नंं १६ निवासी ५६ बर्षिय पुरुष र वडा नं ०१, ०२, ०४, ०५ र ०८ का क्मश ३०, ४०, ५०, २६ र ३८ बर्षिय महिलाहरु रहेका छन् ।
त्यसैगरी देवचुली नगरपालिकाको वडा नं ०९ र १३ निवासी १९ बर्षिय र ४५ बर्षिय पुरुष र कावासोती नगरपालिका वडा नं १४ र १५ बस्ने क्रमश ३७ र २८ बर्षिय महिला रहेका छन् ।
त्यस्तै पश्चिम नवलपरासीको बर्दघाट १ का १ जनामा संक्रमण पुष्टि भएको छ ।