नवलपरासीमा माछा मार्न जाँदा गोहीको आक्रमणबाट घाइते

221







कावासोती । पूर्वी नवलपरासीमा नारायणी नदीमा माछा मार्न जाँदा गोहीको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् ।
नवलपरासीको मध्यविन्दु नगरपालिका ६ नयाँ बस्ती निवास २८ बर्षीय लालबहादुर बोटे नारायणी नदीमा माछा मार्न जाँदा गोहीको आक्रमणमा परी गम्भीर भाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
बोटेको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ । नवलपुरमा बोटे, मुसहर समुदायका कतिपय मानिसहरु अझै पनि जीविकोपार्जनका लागि नदीमा माछा मार्न जाने गर्दछन् ।
लकडाउनका कारण ज्यालामा काम गर्ने अवसर खोसिएपछि अहिले बोटे, मुसहर समुदायको धेरै जना नारायणी नदीको माछामा आश्रित हुन थालेका छन् ।

 

You might also like
Loading...