बर्दघाट नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाले अवकाश पाउँदा २ लाख उपदान दिने

86







पप्पु रेग्मी,
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले अवकास पाउँदा २ लाख उपदान दिने भएको छ ।
बर्दघाट नगरपालिकाले आयोजना गरेको प्रसुती सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्माले नगरपालिकाले स्वयम् सेविकालाई अवकाश पाउँदा २ लाख उपदान दिने निर्णय भएको बताए ।
त्यसैगरी नगरप्रमुख धिरज शर्माले कार्यक्रममा नगरपालिका भित्रका महिलाहरु सुत्केरी हुँन स्वास्थ्य संस्थामा आउँदा सुत्केरी महिलासँगै आउने एक जना कुरुवालाई पनि निशुल्क खाना र बस्नको व्यवस्था नगरपालिकाले निशुल्क गर्ने भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख माया देवी पौडेलले नगरपालिकाले अगाडि सारेको सुत्केरी तथा कुरुवाको लागि निःशुल्क खाना तथा बासको कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान नगरभित्रका स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई आग्रह समेत गरे ।
नगर उपप्रमुख पौडेलले ६० बर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई सम्मान गर्दै अवकास दिने हुँदा नेपाल सरकारले २० हजार रुपैया उपलब्ध गराउँदै आएकोमा यस बर्दघाट नगरपालिकाले नेपाल मै पहिलो पटक २ लाख रुपैया प्रदान गरिने कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्ण पोखरेलले बर्दघाट नगरपालिकाले उदाहरणीय कार्यको सुरुवात गरेको र त्यसलाई अन्य पालिकामा पनि कार्यान्वयन गराउने विषयमा आफूले भूमिका खेल्ने बताए ।
गर्भवती आमा र बच्चाको स्वास्थ्यको क्षेत्रमा काम गर्दै आई रहेको सु–आहाराका जिल्ला कोर्डिनेटर कृष्ण गुरुङ्गले नगरपालिकाले अगाडि सारेका योजना अत्यन्त राम्रो रहेको भन्दै त्यसको कार्यान्वयनमा लैजान समेत आवश्यक जनशक्ति सु–आहाराको तर्फबाट उपलब्ध गराउन तयार रहेको बताए ।
अभिमुखीकरण कार्यक्रममा नगर स्वास्थ्य प्रमुख माधव ज्ञवालीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या, वेस नेपालका शालिकराम पौडेलसंगै नगर भित्र रहेका सवै स्वास्थ्य संस्थाका नर्सिङ्ग कर्मचारीहरु र सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम नगर जनस्वास्थ्य निरीक्षक गोपाल पाण्डेको सञ्चालनमा भएको थियो ।

You might also like
Loading...