सुनको भाउ ९ सयले बढ्याे

97







शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेकाे छ । बिहीबार २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

You might also like
Loading...