नेपालमा कोरोनाः संक्रमितको संख्या एक लाख नाघ्यो, मृतकको संख्या ६०० पुग्यो


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ ।



हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित छन् । देशभर ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८७७ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।




त्यस्तै, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् । झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA

कोरोनाबाट मृतकको संख्या ६०० पुग्यो

कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीका ४६, ५२, ६८ वर्षीय पुरुष, झापाका २९, ५२ वर्षीय पुरुष, काठमाडौंका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरका ८४ वर्षीय पुरुष, रुपन्देहीका ४८, ८४ वर्षीय पुरुष रहेका छन् । योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।



सम्बन्धित
Loading...