कावासोतीमा बलात्कारी बाबुलाई जन्मकैद


नारायण शर्मा –



नवलपरासी — १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको हो ।

जिल्ला अदालत पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार सर्लाही बरथहवा निवासी ४० वर्षका बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत छ्न् । दुई वर्षअघि छोरीलाई पटक-पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो ।




https://www.youtube.com/watch?v=zuhjCTK3Mf4

बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका छन् । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका ती बाबुले छोरीलाई पटक बलात्कार गरेको अदालतमा बयान दिएका छन् । हाडनाताभित्र करणी गरेका उनको नेपालभर कहींकतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कहींकतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट ५० हजार नगद दिलाउने फैसला भएको अदालतको भनाइ छ ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा जबरजस्ती करणी र हाडनाता करणी अभियोगमा जन्मकैदको फैसला भएको यो पहिलो अदालती नजिर हो ।

https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA



सम्बन्धित
Loading...