नवलपुरको गैडाकोटमा कोरोनाका कारण एक जनाको निधन, नवलपुरमा मृतकको संख्या ९ पुग्यो


नवलपरासी । पूर्वी नवलपरासीमा शुक्रबार एक जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
पूर्वी नवलपरासीको गैडाकोट ८ निवासी ३६ बर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा निधन भएको हो ।



https://www.youtube.com/watch?v=zuhjCTK3Mf4&t=101s

यो सहित नवलपुर जिल्लामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । असोज १८ गते पुरानो मेडिकल कलेज भर्ना भएका उनलाई १९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
मृगौला रोगी ३६ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे ५५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।
नवलपुर शुक्रबार थपिएका चार नयाँ संक्रमित सहित संक्रमितको संख्या १०८३ पुगेको छ ।






सम्बन्धित
Loading...