सुनवलमा कृषकहरुलाई कृषि तथा पशुपंक्षी तालिम

168







गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित एउटा कृषि सहकारी संस्थाले कृषकहरुलाई कृषि तथा पशुपंक्षी पालन सम्बन्धि प्राविधिक तालिम दिएको छ ।
सुनवल स्थित दियालो कृषि सहकारी संस्थाले सुनवल क्षेत्रका ७५ जना किसानहरुलाई ब्यावसायिक रुपमा कृषि तथा पशुपंक्षीपालन सम्बन्धि प्राविधिक तालिम दिएको दियालो कृषि सहकारी संस्था सुनवलका अध्यक्ष विमल ढकालले बताउनु भएको छ ।
उद्योग बाणिज्य संघ सुनवलको आर्थिक सहयोग एवं देउराली प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा सुनवल नगरपालिकाका विभिन्न वडाका अगुवा किसानहरुलाई व्यवसायिक कृषि तथा पशुपालन सम्बन्धित सात दिने आधारभुत तालिम प्रदान गरिएको दियालो कृषि सहकारी संस्थाका अध्यक्ष ढकालले बताउनु भयो ।

कोरोना महामारीका कारण युवाहरु ठुलो संख्यामा बेरोजगार बन्दै गएको वर्तमान अवस्थामा रोजगारीका लागि विदेशीको मुख ताक्नु भन्दा आफ्नै स्थानमा व्यवसायिक रुपमा कृषि कार्य गरेर वा पशुपंक्षी पालन गरेर वेरोजगारीको समस्या आफ्नै स्थानमा हल गर्न सकिने भन्दै सुनवल क्षेत्रका ७५ जना कृषकहरुलाई आधारभुत कृषि तथा पशुपंक्षी पालन सम्बन्धि एक हप्ते तालिम संचालन गरिएको हो ।
ब्यावसायिक रुपमा कृषि तथा पशुपंक्षी पालन गरि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ संचालन गरिएको एक हप्ते कृषि तथा पशुपंक्षी तालिममा यस पटक अधिकांश शिक्षित युवाहरुको उपस्थिति रहेको ब्यावसायिक कृषि तर्फका प्रशिक्षक नरबहादुर केसीले बताउनु भयो ।
असोज १७ गतेदेखि संचालन गरिएको प्राविधिक तालिम एक हप्ता पुरा गरि शुक्रवार सम्पन्न गरिएको छ । शुक्रवार समापन गरिएको प्राविधिक तालिमका प्रशिक्षकहरुलाई सम्मान पत्र र प्रशिक्षार्थीहरुलाई तालिम प्रमाणपत्र वितरण गरिएको दियालो कृषि सहकारी संस्थाका अध्यक्ष ढकालले बताउनु भएको छ ।

You might also like
Loading...