कावासोतीमा बलात्कारका घटनाविरुद्ध आँखामा कालो पट्टी





पूर्वी नवलपरासीमा बलात्कारका घटनाविरुद्ध युवाहरु आन्दोलित भएका छन् । केही दिनयता नवलपुरमा एकपछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भएपछि युवाहरु आन्दोलित भएका हुन् ।
नवलपरासी पूर्व कावासोतीमा आज युवाहरुले बलात्कारका घटनाविरुद्ध आँखामा कालो पट्टी बाधेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

पछिल्लो समय बलात्कारका घटना दिननुदिन बढेको हुँदा बालिका लगायत महिलाहरु असुरक्षित हुँदै गएको अवस्थामा सरकारले कठोर कानुन बनाउन नसक्दा यस्ता घटनाहरुको बढेको भन्दै सरकारको चर्को आलोचना हुदै आएको छ ।




युथ काङ्ग्रेस नवलपुरको आयोजनामा गरिएको भएको बिरोध प्रदर्शनका क्रममा उनीहरुले तत्काल बलात्कार विरुद्ध कठोर कानुन बनाउन माग गरेका थिए ।

बलात्कारका घटनालाई लुकाउन आर्थिक प्रलोभन देखाएर मिलापत्र गराउने प्रवृतिले बलात्कारीहरुले झनै प्रसय पाएको भन्दै बलात्कारको घटना घटाउने दोषी र मिलापत्र गराउनेलाई पनि कठोर कानुनी सजाय हुनु पर्ने बिरोद्द कार्यक्रममा उपस्थित भएकाहरुको माग थियो ।

युवाहरुको अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र कावासोती कि अध्यक्ष नारायणी भट्टराई, कावासोती नगरपालिका वडा नं ३ का अध्यक्ष अमृतकुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक सुरज गुरुङ, नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

बलात्कारका घटना दिनप्रतिदिन बढदै जाँदा नवलपुरको गैंडाकोटमा गत असोज २२ गते ७ वर्षीया बालिकालाई १४ वर्षे आफ्नै दाजुबाट बलात्कार भएकी हुन् । बिहिवार राती कावासोतीमा १६ वर्षीय बलात्कृत भएकी छिन् ।

 




सम्बन्धित
Loading...