खुकुरी प्रहार गरी श्रीमतीको हत्या
झापास्थित कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापाले २४ वर्षीया श्रीमती रिता थापाको हत्या गरेका छन् ।
रामजीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी शनिबार साँझ श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
श्रीमानले प्रहार गरेको खुकुरीले रिताको घाँटीमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा रामजीलाई प्रहरीले पक्राउ गरेको छ ।