कावासोतीको मालपोतमा सेवाग्राही कुटिए


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना सेवाग्राही कुटिएका छन् ।
गैडाकोट नगरपालिका १ घर भएका तिर्थराज पौडेल माथि सांघातिक हमला भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार मालपोत कार्यालयमा धितो रोक्का गर्नका लागि आएका पौडेल कार्यालय आएको २ घण्टा वित्तिसक्दा पनि कार्यालयमा निवेदन समेत दर्ता नगरिदिएपछि आक्रामक भएका थिए ।



https://www.youtube.com/watch?v=zuhjCTK3Mf4

कर्मचारीले समयमै सेवाग्राहीको काम नगरिदिएको भन्दै कार्यालय प्रमुख देखि जिल्ला प्रशासनसम्म गुनासो गरेका उनलाई एक्कासी ४÷५ जनाको समूहमा आएकाले कुटपिट गरेका थिए । प्रत्यक्षदर्शीहरुले मालपोत कार्यालयकै कर्मचारी हरुको मिलेमतोमा कुटपिट भएको आशंका गरे पनि पीडित पौडेलले भने आफूमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको र आक्रमणकारी आफूले नचिनेको बताए ।



सम्बन्धित
Loading...