नवलपुरमा ६० संक्रमित थपिए


पूर्वी नवलपरासीमा सोमावर थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपुरको देवचुली नगरपालिकामा मात्रै ५४ जना नयाँ संक्रमित थपिएका छन् ।



यस्तै, नवलपुरको गैडाकोट नगरपालिकामा ४ जना तथा कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिकाममा एक एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA&t=242s




नवलपुरमा अहिलेसम्म ११ सय ८२ जनामा संक्रमण पुष्टी भएको छ । तीमध्ये ७ सय ४२ जना संक्रमणमुक्त भइसकेका छन् । अब जिल्लामा ४ सय ३१ जना सक्रिय संक्रमित रहेको छन् । ती मध्ये १४ जना भने जिल्ला बाहिरको बाहिरको आइसोलेशनमा रहेको स्वास्थ्य कार्याय नवलपुरले जनाएको छ ।

नवलपुरमा अहिलेसम्म कोरोना संक्रमण पुष्टी भई ९ जनाको मृत्यु भइसकेको छ ।



सम्बन्धित
Loading...