संसदीय समितिको सिफारिस विरुद्ध नवलपुरका वैज्ञानिक वन आन्दोलित
कावासोती । वैज्ञानिक वनमा भ्रष्टचार मौलाएको, वैज्ञानिक वनको नाममा वन मास्ने काम भएको भन्दै संसदीय उपसमितितले वैज्ञानिक वन खारेज गर्न गरेको मागका विरुद्ध नवलपुरका वैज्ञानिक वन आन्दोलित भएका छन् ।
नवलपुर वैज्ञानिक वन संजाल नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गरी संसदीय उपसमितिले गरेको सिफारिस सरासर गलत भएको भन्दै वैज्ञानिक वन खारेज गर्न नहुनेमा जोड दिएका थिए ।
पत्रकार सम्मेलनमा उनीहरुले वैज्ञानिक वन कार्यक्रम वन व्यवस्थापनको राम्रो पक्ष भएको उल्लेख गर्दै वैज्ञानिक वन कार्यक्रम नै खारेज गर्नु भन्दा वैज्ञानिक वन भित्र कुनै अनियमितता भएको भए कारवाही गर्नु पर्नेमा जोड दिएका थिए ।
https://www.youtube.com/watch?v=idkzljldyyQ&t=5s
