नवलपुरमा २० रुपैयाँको नुन २५ रुपैयाँ !

777







बिबेक भण्डारी,
नवलपरासी, असोज २९ । अहिले बजारमा अन्य उपभोग्य वस्तुको तुलनामा नुनको मूल्यमा व्यवसायीहरुले आफु खुशी मूल्य बढाएको पाइएको छ ।
साल्ट ट्रेडिङले नुनको प्याकेटमा नै बिस रुपैया उल्लेख भए पनि उपभोक्ताहरुले प्रति प्याकेट २५ रुपैया तिर्ने गरेका छन् ।
मुल्य अंकित भएको नुनको प्याकेटमा नै प्रति प्याकेट २० रुपैया लेखिएको छ तर उपभोक्ता भने जानाजान मूल्यमा ठगिएका छन् । खानाका लागि अति आवश्यक पर्ने र आयोडिनका लागि चाहिने आयो नुनमा नै उपभोक्ताहरु अहिले ठगिएका छन् ।
नवलपुरमा भैरहवा र विरगञ्जबाट नुन आयात हुने गरेको छ । केही दिन अघि घरेलु तथा साना उद्योग कार्यालय नवलपुरले नवलपुरका सबै बजारमा गरेको अनुगमनमा पनि नुनको मूल्य उपभोक्ताहरुले बढी तिरेको पाइएको छ ।
‘नुन र प्याजको मूल्य बृद्धि कसरी भएको छ हामीले बुझ्ने प्रयास गरेका छौ, थोक बिक्रेताहरुले नै बढि मूल्यमा खरिद गरेको र खुद्रा व्यापारीसम्म आइ पुग्दा मूल्य बढि भएको पाइएको छ’ घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख बिक्रम सुबेदीले भने ।

बजारमा नुनको मुल्य व्यवशायिहरुले आफु खुशी लिएको भए पनि संम्बन्धित निकायले भने चासो दिएको छैन । नुन र प्याजमा मूल्य तोकिएको भए पनि व्यवशायिले लिने आफु खुशी मूल्यमा भने नियन्त्रण हुन सकेको छैन । बजारमा नुन र प्याजको मूल्य बढि भएको पाइएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष डोरमान गिरीले बताए ।
उनका अनुसार व्यापारीले खरिद गर्दे महंगोमा खरिद गरेका कारण उपभोक्ताहरुले बढि मुल्य तिर्नु परेको बताए । ‘हामीले अनुगमनका क्रममा पनि नुनमा तोकिए अनुसारको मुल्य नभएको पायौँ, हामीले जिल्ला प्रशासनमा यो विषयमा कुरा उठाएर छलफल गरि मुल्यमा एकरुपता र सरकारले तोके अनुसारको मुल्यमा बिक्रि वितरण गर्ने वातावरण बनाउन लाग्छौ’ – उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष गिरीले भने ।
उपभोक्ताहरुले अहिले नुनको मुल्य प्रति प्याकेट २५ र दुई प्याकेटलाई ४५ रुपैया तिर्दे आएका छन ।

You might also like
Loading...