वार्ड अध्यक्ष महतोको चौतर्फी वाहवाही, वडाबासिको स्वास्थ्य सम्बन्धी सम्पुर्ण कार्य अब वडाले नै गर्ने

महिला स्वास्थ्य स्वयम् सेविका मार्फत आफ्ना वडाबासिको स्वास्थ्य रेकर्ड राख्दै कालिका नगरपालिका को वार्ड नं ५

1,411







– केशव तिवारी घायल,

चितवन असोज -२९ । चितवनको कालिका नगरपालिका वडा नं ५ मा आज तीन महिला स्वास्थ्य स्वयंम सेविकाहरु विन्दु थरूनि मर्दनिया, शान्ति चौधरी र भजनी महतोलाई साईकल, झोला, लाइट र छाता बितरण गरिएको छ ।

देशभरका स्वास्थ्य स्वयंम सेबिकाहरुलाई राज्यले पर्याप्त सेवा सुबिधा उपलब्ध गराउन नसक्दा निष्क्रिय जस्तै देखिएका स्वास्थ्य स्वयंम सेबिकाहरुलाई अब कालिका नगरपालिकाको ५ नं वडाले भने सक्रिय बनाउने भएको छ ।

वडा अध्यक्ष जियन महतोका अनुसार उक्त वडामा रहेका स्वयंम सेविकाहरु अब प्रत्यक वडाबासिको घर घरमा पुगेर स्वास्थ्य सम्बन्धी रिपोर्ट तयार पार्ने छन । वडामा कति जना निरोगी छन कति ब्यक्तिले दैनिक औषधी सेवन गरीरहेका छन र दिर्घरोगीको अवस्था के कस्तो छ यी सबैको विवरण स्वयंम सेविकाहरु मार्फत वडाले रेकर्ड राख्ने छ ।

समुदायमा निस्वार्थ स्वास्थ्य सेवा दिने स्वयम् सेविकाहरुलाई पोलियो थोपा, भिटामिन र जुकाको औषधि खुवाउनको लागि मात्रै प्रयोग गरीए पनि कालिका नगरपालिकाको ५ नं वडाले भने आफ्ना प्रत्यक वडाबासिको स्वास्थ्य सम्बन्धी सम्पुर्ण जानकारी स्वयम सेविका मार्फत  घरघरमै पुगेर लिने भएको छ ।

यसअघि पनि कालिका नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष महतोले अन्य वडाले भन्दा फरक शैली अपनाएर प्रत्यक्ष वडाबासिको हित हुने क्रियाकलाप गरेका कारण वडामा उनी सबैको प्रिय बनेका छन । कोभिड १९ का कारण नागरीकले उचित स्वास्थ्य सुबिधा नपाएको बेला नागरीकका घर घरमा पुगेर स्वास्थ्य सम्बन्धी जानकारी लिने र समयमै आफ्ना वडाबासीलाइ स्वास्थ्य सेवा दिने महतोको यस किसिमको कार्यले सबै वडाबासी प्रफुल्लित भएका छन ।

You might also like
Loading...