कावासोतीमा थपिए ४ बर्षीय बालक सहित ५२ जना संक्रमित

1,698







नवलपुर । नवलपुरको कावासोतीमा विहीबार ५२ जना नयाँ संक्रमित थपिएका छन् ।
कावासोतीमा कोरोना संक्रमितको सम्पर्कमा रहेका १ सय २० जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ५२ जनामा कोभिड १९ पोजेटिभ देखिएको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । जसमा कावासोती नगरपालिका ३ का ४ बर्षीय बालक समेत रहेका छन् ।

नागिलाका अनुसार कावासोती २ मा १ जना पुरुष, १ जना महिला, कावासोती नगरपालिका ३ मा ९ जना पुरुष र ६ जना महिला, कावासोती ५ मा २ जना पुरुष र १ जना महिला, कावासोती ६ मा १ जना पुरुष, कावासोती ८ मा १३ जना पुरुष र २ जना महिला, कावासोती ९ मा १ जना पुरुष र १ जना महिला, कावासोती १४ मा ५ जना पुरुष र २ जना महिला, कावासोती १६ मा ३ जना पुरुष र ३ जना महिला र कावासोती १७ मा १ जना पुरुषमा संक्रमण देखिएको हो ।
विहीबार थपिएका सँगै कावासोतीमा संक्रमितको संख्या २ सय ६० पुगेको छ भने १ सय ३० जना निको भएर डिस्चार्ज भएका छन् ।
संक्रमितहरु मध्ये १ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने अन्यको अवस्था समान्य रहेको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

You might also like
Loading...