पश्चिम नवलपरासीमा ३१ जना संक्रमित थपिए, हुलासमा कार्यरत थप २१ जनामा संक्रमण




असोज २९ । पश्चिम नवलपरासीको रामग्राम ११ मा रहेको हुलास अटो क्राफ्ट कम्पनी कोरोना संक्रमणको हटस्पट बनेको छ । पश्चिम नवलपरासीमा विहिबार थप ३१ जनामा कोरानो संक्रमण पुष्टि हुदा हुलास कम्पनीका मात्रै २१ जना छन् । हुलासमा कार्यरत २० वर्षका १ जना, २१ वर्षका ३ जना, २२ वर्षका ३ जना, २३ वर्षका ४ जना, २४ वर्षका ४ जना, २५ वर्षका २ जना, २७, ३२, ३५ र ५० वर्षका एक–एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष कर्मचारी हुन् ।

हुलासमा बुधबार मात्रै पनि त्यहाँ कार्यरत १३ जनामा संक्रमण पुष्टि भएको थियो । सो कम्पनीले आवश्यक सर्तकता नअपनाई कर्मचारीलाई काममा लगाउदा संक्रमण फैलिरहेको बुझिएको छ । अहिले पनि उद्योग संञ्चालनमा रहेको छ । विहिबार रामग्राम नगपालीकाको स्वास्थ्य शाखाको टोलीले उद्योगमा पुगि आवश्यक स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको शाखा प्रमुख रामनरेश रायले जानकारी दिए । उनका अनुसार उद्योग यस अगाडी पनि सिल गरिएकाले अहिले सिल गरिने छैन् भने आवश्यक सर्तकता अपनाउन र कन्ट्रयाक ट्रेसिङ्ग प्रभावकारी बनाउन सुझाव दिईएको छ ।




त्यहाँ एकै ठाँउमा मेसमा खाना खुवाउने गरिएकाले पनि संक्रमण थप फैलने सम्भावना बढेको छ । रामग्राम ११ का वडा अध्यक्ष बम बहादुर चौधरीले उद्योगले सबै कर्मचारीलाई उद्योग परिसर भित्रनै व्यवस्थापन गरेको बताउदै आवश्यक स्वास्थय सुरक्षाका मापदण्ड अपनाएर मात्र काम गर्न सुझाव दिईएको बताए।

https://www.youtube.com/watch?v=CQxYEaRBq5s

यस्तै रामग्राम नगरपालिका वडा नम्रब ५ का २१ र ४६ वर्षीय महिला, २४ र ४९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नम्बर ३ की ३७ वर्षीय महिला, वडा नम्बर ११ का ४३ वर्षीय पुरुषमा कोरोना परिक्षणको रिपोर्ट पोजिटिभ आएको छ ।

उता बर्दघाट नगरपालिका वडा नम्बर ४ का ३९ र ४८ पुरुषमा कोरोना पुष्टि भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर ५ की १९ वर्षीय महिलामा कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या ७ सय ५५ पुगेको छ ।

पश्चिम नवलपरासीबाट पिसिआर परिक्षणका लागि पठाएको स्वाव मध्ये अझै १ सय ६९ जनाको रिपोर्ट आउन बाँकि छ । अब जिल्ला भित्रका आइसोलेशनमा १ सय ४५ जना पुरुष र ५५ जना महिला गरि २ सय जना छन् भने क्वारेन्टीमा ५४ जना छन् । पश्चिम नवलपरासीमा चहलपहल बढेपछि कोरोना संक्रमण ह्वात्तै बढेको छ अझै सोचे अनुरुप परिक्षण भने हुन सकिरहेको छैन् ।

https://www.youtube.com/watch?v=qiByXR0Aao0&t=1s



सम्बन्धित
Loading...