नवलपुरमा पिसिआर मेसिन आइपुग्यो, परीक्षण हुन अझै एक महिना लाग्ने

518







कावासोती । पूर्वी नवलपरासीमा कोरोना संक्रमितहरुको पहिचान गर्नका लागि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पिसिआर मेसिन आइपुगेको छ ।
जिल्ला अस्प्ताल डण्डामा रहने गरी राखिने उक्त मेसिन शनिबार एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । तथापि जिल्लामै पिसिआर परीक्षण हुन भने एक महिना बढी लाग्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले पिसिआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगायतले गर्दा पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने बताए ।
संघीय सांसद तिलक महतले जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई उपकरण हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रोशन गाहा, विष्णु लामिछाने, जिल्ला समन्यव समिति नवलपुरका संयोजक चेसराम आले, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई लगायतले बोलेका थिए ।
पिसिआर मेसिन सञ्चालनमा आएपछि भने नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउनु पर्ने बाध्यता भने हट्ने छ ।
नवलपुरमा शुक्रबारसम्मको तथ्यांक अनुसार नवलपुरमा संक्रमितको संख्या १२९९ पुगेको छ । जसमध्ये १० जनाको निधन भएको छ भने ८५० जना निको भएका छन् ।

You might also like
Loading...