कावासोतीमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते

440







कावासोती । पूर्वी नवलपरासीको कावासोती ११ लोकाहा पुलमा ना १ ज ८८३४ नम्बरको विङगरले साइकल यात्रीलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साइकल यात्री ठेगाना नखुलेका ४१ बर्षीय पुरुष विङगरको ठक्करबाट गम्भीर घाइते भएका हुन् ।

उनको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको नवलपुर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

You might also like
Loading...