परासीको निर्धन लघुवित्तको जबरजस्ती ऋण !


  • गोपी ज्ञवाली –



नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले ऋणीहरुलाई संस्थाबाट निस्कन नदिई सेवाग्राहीहरुलाई थप ऋण बोकाएको आरोप लागेको छ ।
विभिन्न प्रकारका समुह बनाएर रिण वितरण गर्दै आएको परासी स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले ऋणीहरुले तिर्नु पर्ने ऋण चुक्ता गरेको एक वर्ष भई सक्दा समेत ऋणी सदस्यहरुको सम्पूर्ण कागज कार्यालयमा राखी समूहबाट निस्कन नदिई सेवाग्राहीहरुलाई जबरजस्ती थप ऋणको भार बोकाएको सिमल टोल समुह सुनवल १ की सदस्य कविता कुंवरले बताए ।
लघुवित्त संस्थाले समूह बनाएर समुहमा रिण दिने क्रममा सुनवल १ शिमलटोलकी कविता कंवरले तिन वर्ष पहिला दुई लाख ऋण लिई पछिल्लो वर्षको मंसिरमा सबै ऋण ब्याज चुक्ता गरी सकेको भए पनि संस्थाले समुहबाट निस्कन नदिई एक वर्ष देखि अनावश्यक रुपमा ऋण ब्याज तिराई रहेको बताईएको छ ।
यसैगरी समूहमा ऋण लिएका अन्य ५÷७ जना सदस्यहरु पनि निस्कन खोजेका तर निर्धन उत्थान लघुवित्त वित्तिय संस्था परासीका प्रबन्धक रविन्द्र कुमार बढईले समुहका सदस्यहरुलाई निस्कन नदिई अनावश्यक ऋण बोकाई रहेको सिमल टोल समुह सुनवल १ की अर्की सदस्य आशा कुंवरले बताइन् ।
आशाका अनुसार समुहबाट निस्कन अनुरोध गर्दा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था परासीका प्रबन्धक बढईले समुहका महिलाहरुलाई सहकारीको समूहबाट निस्किएपछि घरमा लिंगीय विभेद हुने नाममा तथानाम अपशब्द प्रयोग गरि गाली गर्ने गरेको महिलाहरुले बताएका छन ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था परासीका प्रबन्धक बढईले भने आफुले कुनै प्रकारको गालीगलौज नगरेको र समुहमा बसी रिण लिए पछि समुहका सबै सदस्यहरुले बाँकी ऋण बाढेर नतीर्दा सम्म समुहबाट निस्कन नमिल्ने नियम रहेकोले यस्तो भएको बताए ।





सम्बन्धित
Loading...