संक्रमितहरु सोझै सार्वजनिक बसमै आउजाउ


संक्रमितहरु सोझै सार्वजनिक वसमै आउजाउ समेत गर्ने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले अस्पताल जाँदा वा अन्य कामले काठमाडौं जाँदा सार्वजनिक बसमा आउजाउ गर्ने गरेको पाइएको बताए ।
वैदेशिक रोजगारमा जानका लागि भिसा लागेका र टिकट काटिसकेकाहरु जहाज चढ्नु अघि कोरोना नेगेटिभ रिपोर्ट देखाउनु पर्ने भएकाले उनीहरुले काठमाडौंकै विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्ने र रिपोर्ट पोजेटिभ आएपछि घर फर्कदा सार्वजनिक बस प्रयोग गरेर आउजाउ गर्ने गरेको पाइएको उनले बताए ।
चापागाईका अनुसार त्यस्ता संक्रमितहरुको बारेमा काठमाडौंका अस्पतालहरुले ढिलो रिपोर्ट सम्बन्धित जिल्लामा पठाउने गर्दा संक्रमितको बारेमा निक्कै ढिलो गरी अर्थात काठमाडौंबाट फर्केर घर आएर बसेको २÷३ दिनमा मात्र खबर आउने गरेको छ ।
कतिपय अवस्थामा त्यस्ता संक्रमितहरु आफ्नै तरिकाले १५ दिन पछि पुन काठमाडौं जाने र पुन स्वाब परीक्षण गर्दा पोजेटिभ आउने गरेको समेत भेटिएको बताए ।







सम्बन्धित
Loading...